सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारको ५० लाख बजेटमा बनिरहेको मन्दिर भाइरल

२०७९ साउन ७, ०३:२३ खबर संवाददाता

धनगढीः अछाममा निर्माणाधीन एक मन्दिरको फोटो भाइरल भएको छ। डिजाइन र बजेटको विषयलाई लिएर अछामको बान्निगढी जयगढ गाउँपालिका-५ सुगालिमा बनिरहेको जाल्पा देवी मन्दिरको फोटो भाइरल भएको हो। 

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ५० लाखको मन्दिरको हालत यस्तो भनेर प्रश्न उठाएका छन्। यस्तै उनीहरुले यसमा भ्रष्टाचारको आशंका समेत गरेका छन्। तर, यसबारे बुझ्दा मन्दिर निर्माण समितिका अध्यक्ष तर्क रावलले मन्दिरको काम चलिरहेको र आधा काम बाँकी नै रहेकाले यस्तो देखिएको दाबी गरे। 

उनले प्रदेश सरकारको ५० लाख बजेटमा बनिरहेको उक्त मन्दिरमा थप ताम्रपत्रका लागि १५ लाख बजेट छुट्याइएको बताए। ‘५० लाखमा हामीले मन्दिर र पर्खाल बनाइरहेका छौं। काम अधुरै छ’, उनले भने, ‘डिजाइन यस्तै भनियो। हामीले यस्तै बनायौ।’

यस्तै सो गाउँपालिकाकी उपाध्यक्ष विन्दु रावलले मन्दिर निर्माण कार्यको अनुगमन गर्न नपाएको बताएकी छन्। अब चाडै नै आफूहरु अनुगमन गर्ने उनले बताइन्। 

कमेन्ट लोड गर्नुस