रक्तदान ‘जीवनदान’
-कुबेर खड्का (फकिरयात्री ३६)
रक्तदान आफैँमा एक पूण्य र परोपकारको काम हो। विश्व रेडक्रसका अनुसार एकपल्टको रक्तदानले तीन जनाको ज्यान बचाउन सकिन्छ। यस्तो पुण्य कार्यमा हामी छुट्नु हुँदैन।
जब हामी रक्तदान गर्छौ, यसले तनाव कम गर्नुका साथै शरीरलाई स्वस्थ राख्दछ। तर, हाम्रो जस्तो मुलुकमा रक्तदानको महत्त्वबारे थाहा नहुँदा आज पनि मानिसमा कयौं भ्रम छन्। उनीहरुले सोच्छन् रक्तदान गर्नाले शरीर कमजोर हुन्छ, रगत कमी हुन्छ, बेहोस हुनेछु, मलाई एड्स हुन सक्छ र स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ भनेर। रक्तदान गर्नु हुँदैन भन्ने अन्धविश्वासमा हाम्रो समाज रुमलिएको छ। रक्तदान जीवनदान मनकारी व्यक्तिहरुले स्वतस्फूर्त रुपमै रक्तदान गरिरहेको अवस्था सहर बजारमा छ। तर पहाडी भेगमा अहिले पनि ढुंगेयुग झैँ अल्पज्ञानी छन्।
जनमानसमा रक्तदानबारे सचेतनाको आमूल परिवर्तन ल्याउन नितान्त आवश्यक देखिन्छ। उच्च भिडभाड र भौगोलिक बनावट त्यसैमा नेपालको घुम्ती सडकले गर्दा प्रत्येक दिनमा कुनै ठूलो दुर्घटना भइरहेको अवगत नै छ। यस्ता अपरिहार्य घटना हुँदा रगतको माग धान्न मुस्किल पर्ने गरेको पाइन्छ। अहिले रक्तदान गर्ने क्रम घटेको छ। तर, अस्पतालमा बिरामी खचाखच भरिएका छन्।
तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्थामा, सुत्केरी, क्यान्सर र मुटुका रोगीलाई बढी मात्रामा रगतको आवश्यकता पर्दछ। रक्तदान गर्नुको फाइदाबारे आजको वैज्ञानिक युगमा अध्ययन अनुसन्धानबाट थुप्रै अति जीवनयोगी कुराहरु पत्ता लागेका छन्। रक्तदान गर्नाले मुटु सम्बन्धी रोगहरु कम जोखिम हुनुका साथै रगतमा पनि कोलेस्ट्रोलको मात्रा समेत कम गर्छ। जसले गर्दा विवध रोगबाट बचन सकिन्छ।
एक स्वास्थ मानिसले हरेक ३/३ महिनाको अन्तरालमा वर्षभरिमा ३ पटक रक्तदान गर्न सक्छन्। नियमित रक्तदान गर्ने व्यक्तिमा कलेजो, फोक्सो, अन्ननलीका साथै पेटको क्यान्सरको जोखिम कम हुन्छ। रक्तदान गरेसकेपछी शरीरमा रगतको कोषिका पहिलेभन्दा तिव्र गतिमा बढ्न थाल्छ।
शरीरमा रक्तकोषिकाको वृद्धि भएमा अक्सिजनको मात्रा बढ्न थाल्छ, जसले रक्तदानपछि शरीरमा स्फुर्ती आफैं बढ्छ। रगतहरु मध्ये ‘ओ नेगेटिभ’ रगत भएका व्यक्ति युनिभर्सल डोनर हुन्। उनीहरुले जो कसैलाई आफ्नो रगत दान दिन सक्छन्। रक्तदान गर्दा संक्रमित रोगहरु समेत पत्ता लाग्दछन्। जसले गर्दा आफ्नो स्वास्थय अवस्था अवगत हुन्छ। रक्तदानको समयमा तीन सय मिलीलिटर रगतमात्र दान गरिन्छ, जसको भरपाई शरीरले २४ देखि ४८ घण्टा भित्रमा गरिसक्छ।
क–कसले रक्तदान गर्न सक्दैनन् ?
-महिनावारी भएको बेला
-स्तनपान गराउने महिला
-नियमित एन्टिबायोटिक प्रयोग गरिराखेका व्यक्ति
-गम्भीर रोगबाट ग्रसित व्यक्तिले
-१८ वर्ष मूनिका र ४५ किलाभन्दा कम तौल भएका व्यक्तिले