सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा जंगली बदेलको आतङ्क, किसान चिन्तित 

२०७९ साउन ५, ०६:१७ खबर संवाददाता

बैतडी: बैतडीमा जंगली बदेलले मकैबाली नष्ट गर्न थाले पछि किसान चिन्तित बनेका छन्। जिल्लाका विभिन्न स्थानमा जंगली बदेलले मकै फल्ने बेलामा नष्ट गरेपछि किसानहरु अहिले चिन्तित  बनेका हुन्।

जिल्लाका सुर्नया, मेलौली लगायतका स्थानहरुमा जंगली बदेलले मकैबाली नष्ट गरेपछि समस्या भएको स्थानीयले बताएका छन्। प्रत्येक वर्ष जंगली जनावरले बालीनाली नष्ट गर्ने गरेको भएपनि सरकारले क्षतिपूर्ती नदिने गरेको किसानहरुको गुनासो छ।
 

कमेन्ट लोड गर्नुस