सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि 

२०७९ साउन ५, ०६:०१ खबर संवाददाता

काठमाडौंः देशभर थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १६ सय ६७ जनाको पिसिआर परीक्षण गर्दा ३ सय १७ र १९ सय २ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय १८ जनामा संक्रमण पुष्टि भएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा ५६  जना संक्रमणमुक्त भएका छन्। हाल देशभर २५३७ जना सक्रिय संक्रमित रहेका छन्। जसमा काठमाडौं उपत्यकाको काठमाडौं जिल्लामा १३६९ जना ललितपुरमा २०६ जना र भक्तपुरमा ५९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ। 

मन्त्रालयको विवरण अनुसार हाल देशभर जना १९ जना संक्रमितको आइसियुमा उपचार भइरहेको छ।

कमेन्ट लोड गर्नुस