घट्यो सुनको मूल्य
काठमाडौं: सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपियाँले ओरालो लागेर ९३ हजार रुपियाँ तोकिएको छ। उक्त सुन अघिल्लो दिन प्रतितोला ९४ हजार रुपियाँमा कारोबार भएका थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार पाँच सय रुपियाँ छ। उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९३ हजार पाँच सय रुपियाँ थियो।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपियाँले घटेर एक हजार १५५ रुपियाँ तोकिएको छ। महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।