सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंगलबार देशभर ३ सय ५७ जना कोरोना संक्रमित थपिए 

२०७९ साउन ३, ०४:०४ खबर संवाददाता

काठमाडौँः मंगलबार देशभर ३ सय ५७ जनामा कोरोना संक्रमण भएको छ। ३ हजार ३२८ जनाको परीक्षणमा ३५७ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८२८ जनाको पीसीआर परीक्षण गर्दा २६८ जना र १ हजार ५०० जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण देखिएको छ। 

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ९८२ पुगेको छ । पछिल्लो २४ घण्टामा ६२ जना संक्रमणमुक्त भएका छन्। यस्तै १ हजार ८६५ जना होम आइसोलेसनमा रहेका छन् भने ११७ जना संस्थागत आइसोलेसन र १९ जना आईसीयूमा छन्। मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २३ हजार १५० पुगेको छ।

कमेन्ट लोड गर्नुस