सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा मध्यपहाडी सडक खण्ड अवरुद्ध

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ साउन ३, ०१:५८ खबर संवाददाता

अछाम: अछामको पञ्चदेवल विनायक नगरपालिकामा रहेको मध्यपहाडी सडकमा सोमबार राती पहिरो जाँदा सडक अवरुद्ध भएको छ।  नगरपालिकाको वडा नम्बर ३ र ४ को दरेपाटा भन्ने स्थानमा सडक भन्दा माथिबाट आएको पहिरोले सडक अवरुद्ध भएको हो।

पहिरोले मध्यपहाडी सडक अवरुद्ध हुँदा अछामबाट सुर्खेत, दैलेखलगायत आवतजावत गर्ने लामो तथा छोटो दुरीका सवारी साधन रोकिएका छन्। राति नै पहिरो आएकोले अहिलेसम्म पहिरोका कारण सवारीसाधन रोकिएको स्थानीय सुरेश रावतले जानकारी दिए।

कमेन्ट लोड गर्नुस