सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको पूर्वीचौकी गाउँपालिकाले करार कर्मचारी हटाउने 

२०७९ साउन १, ०३:५६ खबर संवाददाता

धनगढीः डोटीको पूर्वीचौकी गाउँपालिकाले करार कर्मचारी हटाउने भएको छ। गाउँपालिकाले साउन १ गते एक सूचना जारी गर्दै करार कर्मचारीको अवधि नथप्ने जनाएको हो। 

असार ३२ गतेको गाउँ सभाको बैठकले कर्मचारीको करार अवधि नथप्ने निर्णय गरेको थियो। गाउँपालिकाको कार्यालय, सबै वडाहरू, विषयगत शाखा तथा सेवा केन्द्रहरूमा करार, अस्थायी र ज्यालादारीमा कार्यरत कर्मचारीहरूको नवीकरण नगरिने बताइएको छ। करार कर्मचारीलाई काममा नआउन समेत आग्रह गरिएको छ।

कमेन्ट लोड गर्नुस