सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली भन्सारद्वारा २००७ को गाडी २०१४ उत्पादन बर्ष राखेर लिलामी

२०७५ फाल्गुन १२, ०७:२२ नवराज पनेरु

वर्षाै पुराना गाडीको नयाँ उत्पादन बर्ष राख्दै सूचना प्रकाशन गरेको जिल्ला भन्सार कार्यालय कैलालीले मापदण्ड विपरित पेलेरै गाडीको लिलामी गरेको छ। २१ दिन अगाडी गाडी लिलामीका लागि सूचना जारी गर्दा कैलाली भन्सारले पुराना गाडीहरुको पनि नयाँ उत्पादन वर्ष राखेको थियो। शुक्रबार बोलपत्र खोल्न अघि सो विषयमा छानविन गर्ने दावी गरेको भन्सार कार्यालयले कुनै छानविन नै नगरी पेलेरै बोलपत्र खोलेको हो।

कार, जिप र मोटरसाईकल गरि १ सय ८ वटा गाडी लिलाम गर्न सुचना जारी भएकोमा १ सय ६ वटा गाडीहरु लिलाम भईसकेका छन्। भन्सार कार्यालय कैलालीले २००७ उत्पादन बर्ष भएको होन्डा सिटि कारको २०१४ उत्पादन बर्ष भनेर सुचना जारी गरेकोमा उक्त गाडी पनि लिलाम भएको छ। सेन्ट्रो कारको २००८ उत्पादन बर्ष भएकोमा २०१२ राखिएको थियो भने सुजुकी कारको २००६ उत्पादन बर्ष भएकोमा २०१२ राखेर भन्सार कार्यालयले गाडी लिलाम गरेको छ। 

१० बर्ष पुरानो गाडी लिलामी गर्नै नपाउने नियम भएपनि कैलाली भन्सारले नयाँ उत्पादन मिती राख्दै नियम विपरित गाडीहरुको लिलामी गरेको हो। जिल्ला भन्सार कार्यालय कैलालीका भन्सार अधिकृत कुमार भण्डारीले प्रमुख भन्सार अधिकृत ईश्वरी अर्याल अहिले काठमाडौँ भएकाले ति गाडीहरुमाथि छानविन गर्न नसकिएको बताए। उनले प्रमुख भन्सार अधिकृत आएपछि सो विषयमा प्राविधिक टोलीको समेत सहभागितमा छानविन हुने बताए। गाडी लिलामी भईसकेपनि गल्ती भेटिए सच्याउन सकिने दावी उनको छ। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस