बाजुरा बुढीगंगा-२ को अध्यक्षमा एमालेका भण्डारी विजयी
२०७९ असार २५, १०:५७
धनगढी: बाजुराको बुढीगंगा नगरपालिका-२ को अध्यक्षमा नेकपा एमालेका पदमबहादुर भण्डारी विजयी भएका छन्। उनी ८३८ मत ल्याउँदै विजयी भएका हुन्।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नरबहादुर थापाले २३५ मत ल्याए। यो वडामा एमाले विजयी भएसँगै बुढीगंगाका ४ ओटा वडा एमालेले जितेको छ। अहिले वडा नम्बर ३ र ८ को मत गणना भइरहेको छ।
कमेन्ट लोड गर्नुस