बाजुरा बुढीगंगा-९ को अध्यक्षमा एमालेका सिंह विजयी
२०७९ असार २५, ०८:१५
धनगढी: बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ९ को अध्यक्षमा नेकपा एमालेका मीनबहादुर सिंह विजयी भएका छन्। उनी ४९२ मत प्राप्त गर्दै विजयी भएका हुन्।
उनका प्रतिस्पर्धी गठबन्धनबाट नेकपा समाजवादीका उम्मेदवार भरत थापाले २९३ मत प्राप्त गरे। १ हजार ४ सय ८३ मतदाता रहेको सो वडामा १ हजार ९ सय ३ मत खसेको बताइएको छ।
कमेन्ट लोड गर्नुस