बाजुराको बुढीगंगा अपडेटः ८ सय गन्दा एमाले अगाडि, कसको मत कति ?
धनगढीः बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना जारी छ। अहिलेसम्म ८ सय मतगणना सकिएको बुढीगंगाको निर्वाचन अधिकृतको कार्यालयका कम्प्युटर अपरेटर भरतप्रसाद उपाध्यायले जानकारी दिए।
उनका अनुसार अहिले वडा नं १ र १० को मतगणना भैरहेको छ। ८०० मतको गणना सकिएकोमा एमालेले मेयरमा ४०३ मत ल्याउँदै पहिलो स्थानमा रहेको छ। कांग्रेस ३५३ मतका साथ दोस्रो स्थानमा छ। यस्तै उपमेयरमा एमालेले ४०२ मत ल्याएको छ भने कांग्रेसले ३५७ मत पाएको छ।
यहाँ मेयर पदका लागि नेपाली कांग्रेसबाट रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन्। यस्तै, उपमेयरमा कांग्रेसबाट रिता शाही शाह र एमालेबाट मायाकुमारी खड्का कुँवर उम्मेदवार छन्।