बाजुराको बुढीगंगा अपडेटः ६ सय मत गन्दा कसको कति ?
धनगढीः बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना जारी छ। अहिलेसम्म ६ सय मतगणना सकिएको बुढीगंगाको निर्वाचन कार्यालयले जानकारी दिएको छ।
अहिले वडा नं १ र १० को मतगणना भैरहेको छ। ६०० मतको गणना सकिएकोमा एमालेले मेयरमा ३०७ मत ल्याउँदै पहिलो स्थानमा रहेको छ। कांग्रेस २५५ मतका साथ दोस्रो स्थानमा छ। यस्तै उपमेयरमा एमालेले ३०४ मत ल्याएको छ भने कांग्रेसले २६० मत पाएको छ।
यहाँ मेयर पदका लागि नेपाली कांग्रेसबाट रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन्। यस्तै, उपमेयरमा कांग्रेसबाट रिता शाही शाह र एमालेबाट मायाकुमारी खड्का कुँवर उम्मेदवार छन्।