बैतडीको झुलाघाट नाका सञ्चालन
२०७९ असार २२, ०८:०३
बैतडीः बैतडीस्थित झुलाघाट नाका सञ्चालनमा आएको छ। नाकाको महाकाली माथि रहेको झोलुङ्गे पुलको लक भाँचिएपछि मंगलबारबाट बन्द रहेको नाका बुधबार अपराह्नबाट सन्चालनमा आएको हो।
पुल मर्मतपछि आवतजावत खुल्ला गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए। जीर्ण रहेको पुलको भारतीरको भागको लक टुटेको थियो। भारतीय पक्षले पुलको लक फेरेको हो।
कमेन्ट लोड गर्नुस