अछामकी एक महिलाको पहिरोमा परी मृत्यु
२०७९ असार २१, ०४:३६
धनगढी: अछामकी एक महिलाको पहिरोमा परी मृत्यु भएको छ। सुर्खेतको पञ्चपुरी नगरपालिका–७ डौरीखोला नजिक सुख्खा पहिरोमा परी अछामको तुर्माखाँद गाउँपालिका ६ रानीवनकी अमनादेवी जैसीको मृत्यु भएको हो।
बाटोमा हिँडिरहेको बेला पहिरोमा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
कमेन्ट लोड गर्नुस