सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको दशरथचन्दमा करार शिक्षकहरुको अवधि नथप्न आदेश

२०७९ असार २१, ०८:४० खबर संवाददाता

धनगढी: बैतडीको दशरथचन्द नगरपालिकाले करार शिक्षकहरुको अवधि नथप्न आदेश दिएको छ। नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै पालिकाभित्र रहेका सामुदायिक विद्यालयहरुलाई उक्त आदेश दिएको हो।

विद्यालयहरुमा करार, नगर अनुदान, शिक्षण सिकाइ अनुदान आदिमा कार्यरत शिक्षकहरुको करार नवीकरण अर्को आदेश नभएसम्मलाई नगर्न सूचनामा भनिएको छ। नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)का अनुसार करार शिक्षकहरुका बारेमा आगामी आर्थिक वर्षमा कसरी अगाडि बढ्ने भन्ने पालिकाले निर्णय गरिनसकेकाले विद्यालयहरुलाई सचेत गराइएको हो। 

कमेन्ट लोड गर्नुस