सुदूर नेपाललाई विश्वसँग जोड्दै

केएमसीको क्यान्टिनमा कर्मचारीको मृत्युः हत्या भएको परिवारको आशङ्का

२०७९ असार १९, १२:१७ खबर संवाददाता

धनगढीः बुद्दनगरस्थित केएमसी स्कुलमा मृत फेला परेकी रमा रायमाझीको शव उठ्न सकेको छैन। आफन्तले हत्या भएको आशङ्का गर्दै स्कुलमा धर्ना दिएका छन्। केएमसी स्कुलको होस्टल क्यान्टिनमा कार्यरत २१ वर्षीया रमा शनिवार राति स्कुलमा झुन्डिएको अवस्थामा मृत फेला थिइन्।

घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनाली र फरेन्सिक चिकित्सक गोपाल चौधरी सहितको टिम राति नै पुगेका थिए। तर, उनको शव घटनास्थलबाट निकालिएको छैन। रमा समयमा घर नआएपछि उनकी बहिनी गोमा स्कुलमा गएकी थिइन्। गोमाले नै दिदि झुन्डेको देखेको बताइएको छ। स्कुल परिसरमा भेटिएका मृतकको दाइ नाता पर्ने निर्मल रायमाझीले हत्या आशङ्का गर्दै घटनाको अनुसन्धान र छानबिन गर्न माग गरेका छन्।

मृतकका बुबा आमा काभ्रेबाट काठमाडौं आएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस