सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको डिलाशैनीमा करारका शिक्षक र कर्मचारीलाई काममा नआउन आदेश

२०७९ असार १९, १०:४९ खबर संवाददाता

धनगढी: बैतडीको डिलाशैनी गाउँपालिकाले करारका शिक्षक र कर्मचारीलाई काममा नआउन भनेको छ। गाउँपालिकाले २०७८ पुसयता नियुक्त गरेका सबै करार शिक्षक र कर्मचारीहरुलाई साउन १ गतेदेखि काममा नआउन भनेको हो।

पूर्ववर्ती सरकारले पालिकामा कर्मचारी र शिक्षकहरुलाई अन्धाधुन्ध रुपमा करारमा भर्ना गरेकाले पुस ३० गतेपछि नियुक्त भएकाहरुको करार अवधि साउन १ गतेबाट नथप्ने निर्णय भएको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए। श्रोत सुनिश्चितताबिनै चुनावल लक्षित गरी कर्मचारी भर्ना गरेकाले अहिले पनि कर्मचारीको तलबमा ७७ लाख रुपैंया अपुग भएको गाउँपालिकाले जनाएको छ।

अध्यक्ष जोशीका अनुसार गाउँपालिकामा पहिलेदेखि नै करारमा कार्यरत अन्य कर्मचारी र शिक्षकहरुको हकमा पनि उनीहरुलाई व्यवस्थापन गर्न कार्यदल बनाइएको छ। कार्यदलले मूल्यांकन गरेर प्रतिवेदन बनाउनेछ भने सोही अनुसार करारका कर्मचारीहरुको व्यवस्थापन गरिनेछ। गाउँपालिकाले दरबन्दीका कर्मचारीहरु लोक सेवा आयोगबाट माग गर्ने नीति लिएको अध्यक्ष जोशीले बताए।

कमेन्ट लोड गर्नुस