सुदूर नेपाललाई विश्वसँग जोड्दै

केएमसी स्कुलको होस्टलमा किशोरी मृत फेला

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ असार १९, ०९:५२ खबर संवाददाता

काठमाडौं: काठमाडौंको केएमसी स्कुलको होस्टलमा एक किशोरी मृत अवस्थामा फेला परेकी छिन्। काभ्रेको रोसी गाउँपालिकाकी २० वर्षीया रमा रायमाझी शनिबार साँझ झुन्डिएको अवस्थामा फेला परेकी हुन्।

अघिल्लो साँझ नै उनी मृत फेला परेपनि परिवारका सदस्यहरुले शव उठाउन दिएका छैनन्। झुन्डिएको भएपनि शरीर भुईँमा लत्रिएकाले उनको मृत्यु शंकास्पद भएकाले भन्दै आफन्तहरुले शव नउठाएका हुन्।  महानगरीय प्रहरी वृत्त वानेश्वरका अनुसार अहिले बुद्धनगरस्थित सो स्कूलमा ठूलो संख्यामा प्रहरीका परिचालन गरिएको छ।

रमा विगत दुई वर्षदेखि होस्टलको किचनमा काम गर्दै आएकी थिइन्। प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ। 

कमेन्ट लोड गर्नुस