बैतडीमा मानसिक समस्या भएका पाँच महिलाको उद्धार
धनगढी: बैतडीका विभिन्न मानसिक समस्या भएका पाँच जना महिलाको उद्धार गरिएको छ। जिल्लाको शिवनाथ गाउँपालिकाबाट २ जना, दशरथचन्द, मेलौली नगरपालिका र सुर्नया गाउँपालिकाबाट १/१ जनाको उद्धार गरिएको बताइएको हो।
लामो समयदेखि मानसिक समस्या भएका बेवारिसे महिलाहरुको उद्धार गरेर धनगढी पठाइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। दृष्टि फाउण्डेसन नामक संस्थासँग सहकार्य गरेर उनीहरुलाई नि:शुल्क खाना र बासको व्यवस्थासहित पठाइएको र ती महिलाहरुको लागि आवश्यक औषधि स्वास्थ्य कार्यालयले व्यवस्थापन गर्ने उनले बताए।