सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्यानडामा मङ्कीपक्सका २७८ बिरामी भेटिए

२०७९ असार १८, ०५:४३

एजेन्सी: क्यानडाका प्रमुख जनस्वास्थ्य अधिकारी थेरेसा ट्यामले जुन २९ सम्म देशमा कुल २७८ जनामा मङ्कीपक्सबाट सङ्क्रमित भएको पुष्टि गरेकी छिन्। ब्रिटिश कोलम्बियाका चार, अल्बर्टाबाट पाँच, ओन्टारियोबाट ६७ र क्युबेकका २०२ सङ्क्रमणका घटनाहरू दर्ता भएको वरिष्ठ चिकित्सक ट्यामले जनाएकी छिन्।

मङ्कीपक्स भाइरसको जोखिमको जोखिम कुनै समूहमा मात्र नभएर यसको शिकार जो कोही पनि हुनसक्ने  बताइएको छ। उनले भनिन्– जुन कुनै लिङ्ग, उमेर समूको व्यक्ति पनि सहजै सङ्क्रमित हुनसक्ने उनले जनाएकी छिन्। ट्यामका अनुसार अधिकाङ्श सङ्क्रमितहरू २० देखी ६९ उमेर समूह भित्रका छन्। यो रोग सामान्यतया मध्य र पश्चिम अफ्रिकाको जङ्गली भागहरूमा पाइएको थियो।  
 

कमेन्ट लोड गर्नुस