बैतडीमा मोटरसाइकलले ठक्कर दिँदा बालिका घाइते
धनगढी: बैतडी बैतडीमा मोटरसाइकलले ठक्कर दिँदा बालिका घाइते भएकी छन्। जयपृथ्वीबहादुर सिंह राजमार्ग अन्तर्गत पाटन नगरपालिका ८ विजयपुर भित्री सडकमा बझाङबाट धनगढी तर्फ आइरहेको सुपप्र ०१ ००९ प ६२०१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पाटन नगरपालिका ८ जुकेपानीकी १२ वर्षीया प्रतिक्षा बिष्ट घाइते भएकी हुन्।
घाइते बालिकाको सिद्धेश्वर स्वास्थ्यचौकीमा समान्य उपचारपछि थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। मोटरसाइकल चालक बझाङको बुङ्गल नगरपालिका १० डौडका २७ वर्षीय ललित बागलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।