सुदूर नेपाललाई विश्वसँग जोड्दै

कम्पनीले गल्तीले २८६ गुणा बढी तलब पठायो, कर्मचारी राजीनामा दिएर फरार 

२०७९ असार १६, ०६:५५ खबर संवाददाता

काठमाडौँ: अमेरिकी मुलुक चिली देशमा एक कर्मचारीको बैंक खातामा गल्तीले २ सय ८६ गुणा धेरै पैसा पठायो। चिलीको सबैभन्दा ठूलो कोल्ड कट्स उत्पादक कम्पनी कन्सोर्सियो इन्डस्ट्रियल डे अलिमेन्टोसमा यो घटना भएको हो। आफ्नो खातामा यतिधेरै रकम आएपछि ती कर्मचारीले कम्पनीमा राजीनामा बुझाएर फरार भए।

उनको मासिक तलब ५ लाख पेसो अर्थात करीब ७० हजार रुपैयाँ थियो । तर कम्पनीको आर्थिक शाखाले उनको खातामा २४६ गुणा अर्थात् करीब साढे २ करोड रुपैयाँ पठाइदियो। त्यो रकम लिएर उनी फरार रहेको र अहिलेसम्म सम्पर्कमा नआएको कम्पनीले बताएको छ। 

कमेन्ट लोड गर्नुस