सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा बाढीपहिरोः सिँचाइ कुलो बगायो, ६ घर जोखिममा

२०७९ असार १६, ०२:१९ खबर संवाददाता

बैतडीः बैतडीको सिगासमा बस्तीमाथि जथाभावी डोजरले सडक खन्दा आएको बाढी पहिरोले सिँचाइ कुलो बगाएको छ। २ दिन देखिको लगातारको वर्षाले सिगास गाउँपालिका–३ का दुई वटा सिँचाइ कुलो बगाउनुका साथै ५० रोपनी खेत र छ वटा घर उच्च जोखिममा परेका छन्। 

सिगास–३ स्थित सिन्याखेत–गर्जे सडकखण्डबाट आएको बाढीले साउनखेत र गड्तोलागाडको खेत र ६ घर उच्च जोखिममा परेको स्थानीयले जानकारी दिए। सडकबाट आएको बाढी पहिरो खेतमा पसेपछि सिन्याखेतका स्थानीय दानसिंह साउद, करवीर साउद, मानसिंह साउद, कर्ण साउद, जोगा साउद र नवराज साउदको घर उच्च जोखिममा परेका हुन्। जोखिममा परेका परिवार घर छाडेर हिँड्न बाध्य भएका छन्।

यता, बाढी पहिरोको विषयमा जानकारी प्राप्त भएकाले थप विवरण बुझ्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस