सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री भन्छन्ः प्रतिनिधि र प्रदेश सभाको निर्वाचन समयमै हुनेछ 

फोटोः कान्तिरपुर
फोटोः कान्तिरपुर
२०७९ असार १६, ०१:२९ खबर संवाददाता

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै आगामी दिनमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन पनि समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्। ६४ औं संसद दिवसको अवसरमा पूर्वसांसद मञ्चले बिहीबार संघीय संसद भवनमा आयोजना गरेको कार्यक्रममा उनले लोकतान्त्रिक प्रणालीमा अध्यावधिक निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए।

प्रधानमन्त्री देउवाले भने, 'हामी लोकतान्त्रिक अभ्यासमा छौं। आवधिक निर्वाचन समयमा गरिनेछ। प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण तरिकाले समयमै गर्न सरकार प्रतिवद्ध रहेको छ।' मुलुकलाई विकास र स्थायित्वतिर लाने दायित्व सबैको भएको पनि प्रधानमन्त्री देउवाको भनाइ थियो।

कमेन्ट लोड गर्नुस