बैतडीमा अटो र मोटरसाइकल ठोक्किए, ५ जना घाइते
२०७९ असार १५, ०४:५४
धनगढीः बैतडीमा अटो र मोटरसाइकल एक आपसमा ठोक्किदा ५ जना घाइते भएका छन्। बुधबार दिउँसो महाकाली राजमार्गको डिलाशैनी गाउँपालिका—६ को बांगाबगरमा अटो र मोटरसाइकल ठोक्किएका हुन्।
दुर्घटनामा अटो र मोटरसाइकल चालक र अटोमा सवार ३ जना यात्रु गरी ५ जना घाइते भएका प्रहरीचौकी गोकुलेश्वरले जानकारी दिएको छ। उनका अनुसार घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ।
कमेन्ट लोड गर्नुस