बैतडीको डिलाशैनीका सहिद परिवारले मासिक ३ हजार पाउने
धनगढी: बैतडीको डिलाशैनीका सहिद परिवारले मासिक ३ हजार पाउने भएका छन्। गणतन्त्र स्थापनाका लागि सहादत प्राप्त गरेका सहिद परिवारलाई गाउँपालिकाले मासिक ३ हजार दिने भएको हो।
सहिद परिवारलाई मासिक ३ हजार रुपैयाँ उपलब्ध गराउने नीति तथा कार्यक्रममा समेटेकाले छिट्टै कार्यान्वयनको प्रकृयामा जाने गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्ट (यदु)ले बताए। विभिन्न आन्दोलनमा ज्यान गुमाएर सहिदको सूचिमा सूचीकृत भएका सहिद परिवारलाई भत्ता गाउँपालिकाले दिने बताएको छ। नाम छुटेकाहरुको तथ्याङक संकलनको काम भइरहेकाले छिट्टै लागु हुने प्रवक्ता भट्टले बताए।