सुदूर नेपाललाई विश्वसँग जोड्दै

आमाको हत्या आरोपमा छोरा पक्राउ

२०७९ असार १४, ०१:०७ खबर संवाददाता

काठमाडौं: चितवनमा आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। माडी नगरपालिका-६ स्याउलिवासकी ५५ वर्षीय मायादेवी तामाङको हत्या गरेको आरोपमा ३७ वर्षीय अर्जुन तामाङ पक्राउ परेका हुन्।

घरको मकै बारीमा अर्जुनले धारिलो हतियार प्रहार गर्दा आमाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

कमेन्ट लोड गर्नुस