सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुद्ध एयरले सुरु गर्‍यो धनगढीबाट उडान

२०७९ असार १४, ११:४९ खबर संवाददाता

धनगढी: आफ्ना सम्पूर्ण उडानहरू काठमाडौँबाट सञ्चालन गर्दै आएको बुद्ध एयरले आजदेखि धनगढीबाट उडान सुरु गरेको छ। बुद्ध एयरले आजदेखि पहिलो उडान धनगढी– काठमाडौँ सुरु गरेको हो। 

आज पहिलो उडान भर्न हिजै बुद्ध एयरको जहाज धनगढी आइपुगेको थियो। यद्यपि पहिलो दिन आज मौसमको खराबीका कारण ८ बजेर नौ मिनेटमा बुद्ध एयरको जहाजले धनगढीबाट काठमाडौँका लागि उडेको थियो ।
बुद्ध एयरको जहाजले अब हरेक दिन बिहान ६ बजेर १५ मिनेटमा धनगढीबाट उडान भर्नेछ।


 

कमेन्ट लोड गर्नुस