सुदूर नेपाललाई विश्वसँग जोड्दै

होण्डा र स्पोर्टस् बाइकको गति एकै हुदैन, चार सयको स्पीडमा दौडन्छुः मन्त्री चौधरी

२०७९ असार १३, १२:५१ खबर संवाददाता

धनगढीः नवनियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरीले आफ्नो कामको गति सुस्त नहुने बताएका छन्। सोमबार राष्ट्रपतिबाट सपथ लिए लगत्तै सिंहदरबार पुगेर पदबहाली गरेका मन्त्री चौधरीले होण्डा र स्पोर्टस् मोटरसाइकलको गति एउटै नहुने भन्दै आफ्नो कामको गति पनि सबैभन्दा स्पीडमा हुने दाबी गरेका हुन्।

‘म सबैभन्दा बढीको स्पीड थ्री हण्ड्रेड, फोर हण्ड्रेडको स्पीडमा हिँड्छु’, मन्त्री चौधरीको भनाइ छ। उनले यसअघिका मन्त्रीले सुरु गरेका कामहरूलाई निरन्तरता दिने आफ्नो योजना रहेको पनि सुनाए। ‘हाम्रो स्टार्टिङ प्वाइन्ट जिरोबाट सुरु हुँदैन। यसअघिका मन्त्रीले गरेका काम ८० प्रतिशत कम्प्लिट भएका छन् भने बाँकी रहेका कामबाटै म काम सुरु गर्छु र १०० मा पुर्‍याउँछु’, मन्त्री चौधरीको भनाइ छ। उनले आफू मन्त्रीको पदमा रहेसम्म योग्यता, क्षमता, दृष्टिकोणले भ्याएसम्म इमानदार भएर काम गर्ने भन्दै कुर्सीको दुरुपयोग नगर्ने बताए। 

कमेन्ट लोड गर्नुस