सुदूर नेपाललाई विश्वसँग जोड्दै

थरुहट राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यक्ष लक्ष्मण थारू नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

२०७९ असार १३, १०:२८ खबर संवाददाता

धनगढी: थरुहट राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यक्षसमेत रहेका लक्ष्मण थारु, थरुहट आन्दोलनका अगुवा सुरेन्द्र चौधरी र  काँग्रेस नेता नेत्र जोशी रेशम चौधरी संरक्षकत्वको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। काठमाडौँमा आयोजित कार्यक्रममा दुवै जनालाई नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले पार्टी प्रवेश गराएकी हुन्। 

नागरिक उन्मक्ति पार्टी प्रवेश गरेका थारु थरुहट आन्दोलनका अगुवामध्येका एक हुन्। टीकापुर घटनामा मुछिएका भनिएका लक्ष्मण थारुलाई पनि रेशम चौधरीलाई झैँ उच्च अदालत दीपायलबाट जन्मकैदको सजाय सुनाइएको छ। उनी हाल अर्धभूमिगत जीवन बिताइरहेका छन्।
 

कमेन्ट लोड गर्नुस