सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुसबाट सुन आयातमा प्रतिबन्ध लगाउने अमेरिका, बेलायत र जापानको घोषणा 

२०७९ असार १३, ०५:५६

एजेन्सी: अमेरिका, बेलायत र जापानले रुसबाट सुन आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। पछिल्लो चार महिनादेखि युक्रेनमा रुसी आक्रमणलाई ध्यानमा राख्दै रुसको अर्थतन्त्रमा चोट पुर्‍याउने उद्देश्यले यो कदम चालिएको हो।

अमेरिकी राष्ट्रपति जो बाइडेनले चाँडै नै जी–७ का अन्य देशहरू जस्तै जर्मनी, फ्रान्स र इटाली पनि यो प्रतिबन्धमा सामेल हुने बताएका छन्। उनले ट्विटमा लेखेका छन्, ‘युक्रेन विरुद्धको युद्धका लागि आवश्यक रकम जुटाउनबाट रोकेर पुटिनलाई अमेरिकाले अभूतपूर्व धक्का दिएको छ। जी–७ सँगसँगै हामी रुसबाट सुन आयातमा प्रतिबन्ध लगाउने घोषणा गर्नेछौँ। रुसबाट यो सुनको निर्यात अर्बौं डलरको हुन्छ।

आइतबारदेखि मंगलबारसम्म जर्मनीको बाभेरियामा जी–७ देशका नेताहरूको बैठक बस्दैछ। त्यसमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि जर्मनी गएका छन्। बेलायत सरकारले पुटिनको कोष जुटाउने क्षमतामा यो कदमले ठूलो प्रभाव पार्ने बताएको छ।

कमेन्ट लोड गर्नुस