सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको दशरथचन्दमा 'विद्यार्थीसँग मेयर' कार्यक्रम सञ्चालन गरिने 

२०७९ असार १२, ०६:०५ खबर संवाददाता

धनगढी: बैतडीको दशरथचन्द नगरपालिकामा ‘विद्यार्थीसंग मेयर’ कार्यक्रम सञ्चालन गरिने भएको छ। नगरपालिकाले सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउन सो कार्यक्रम सञ्चालन गर्ने भएको हो।  

आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेटमा नगरपालिकाले सो कुरा उल्लेख गरेको छ। सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरलाई सुधार्नका लागि नमूना विद्यालय छनौट कार्यक्रम अघि सार्ने नीति तथा कार्यक्रममा उल्लेख छ। नमूना विद्यालय घोषणाका लागि मापदण्ड बनाएर अघि बढ्ने बताइएको छ। 

यसैगरी सामुदायिक तथा संस्थागत विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा ९एसइइ०मा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कारको व्यवस्था गरिएको पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।  
 

कमेन्ट लोड गर्नुस