सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालयौन दुरूपयोग गरेको अभियोगमा एकजना पक्राउ

२०७९ असार ११, ०९:१७ खबर संवाददाता

झापाः बालयौन दुरूपयोग गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। १३ वर्षीया बालिकालाई बालयौन दुरूपयोग गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका ४ जुनेली बस्ती बस्ने २६ वर्षीय बिजय राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

राईले बिहीबार साँझ बालिकालाई बालयौन दुरुपयोग गरेको भन्ने जाहेरी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस