सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर थप २७ जनामा कोरोना संक्रमण

२०७९ असार ११, ०५:४८ खबर संवाददाता

काठमाडौंः पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ९३७ पीसीआर परीक्षणमा २३ जना र ८६५ एन्टिजेन परीक्षणमा ४ जना गरी २७ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमितमधेय १३ जना काठमाडौं उपत्यकाका र अरु उपत्यका बाहिरका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १८८ पुगेको छ। जसमध्ये १८१ जना होम आइसोलेसनमा र ७ जना अस्पतालमा छन्। bअस्पतालमा भएमाभध्ये ४ जनाको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १६ रहेको छ।

कमेन्ट लोड गर्नुस