नगर सभामा मेयरको कसमः भ्रष्टाचार गरे झाडु लाउनु

धनगढीः हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी ९कमल०ले भ्रष्टाचाररहित ढंगले नागरिकलाई सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। शुक्रबार दिउँसो हरिवन नगरपालिकाको छैटौँ नगर सभामा आगामी आर्थिक वर्ष २०७९ ०८० को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै बुढाथोकीले पदमा रहँदा आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्नेलाई नछाड्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।
‘यो सभामा म मठ, मन्दिर, गुम्बा, देवालय, मस्जिद सबैको नाममा कसम खाँदै भन्छु– म भ्रष्टचार गर्ने छैन, अरुलाई पनि गर्न दिइने छैन,’ मेयर बुढाथोकीले भने, ‘मैले भ्रष्टाचार गरेँ भनेँ झाडु लगाउनु होला, कठालो समाउनु होला।’




