सुदूर नेपाललाई विश्वसँग जोड्दै

तोलामा ३०० रुपैयाँले घट्यो सुनको मूल्य 

२०७९ असार १०, ११:२१ खबर संवाददाता

काठमाडौं: शुक्रबार सुनको मूल्य तोलमा ३०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजार २४० रुपैयाँ कायम भएको छ। तेजाबी सुनको मूल्य पनि तोलामा ३०० रुपैयाँले घट्दै ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

कमेन्ट लोड गर्नुस