सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर थप ४९ जनामा कोरोना संक्रमण पुष्टि 

२०७९ असार ९, ०६:५८ खबर संवाददाता

काठमाडौंः पछिल्लो २४ घण्टामा थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन। १ हजार २३४ जनाको पीसीआर परीक्षणमा ३३ जना र १ हजार २६० जनाको एन्टीजेन परीक्षणमा १६ जना गरी ४९ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जना निको भएका छन् भने हाल देशभर १६३ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्‍ये १६० जना होम आइसोलेसनमा रहेका छन् भने ३ जना संस्थागत आइशोलेशन र १ जना आईसीयूमा छन्।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ८६६पुगेको छ।

कमेन्ट लोड गर्नुस