सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुर्खेतमा देखियाे बर्डफ्लु

२०७९ असार ९, ०५:१९ खबर संवाददाता

सुर्खेत: सुर्खेतको वीरेन्द्रनगरमा नगरपालिकामा बर्डफ्लु देखिएको छ। वीरेन्द्रनगर–३ का कृषक टेकराज आचार्यको फर्ममा पालेका टर्की कुखुरामा बर्डफ्लु देखिएको प्रदेश पशुपंक्षी निर्देशनालयले पुष्टि गरेकाे छ।

बर्डफ्लु देखिएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको आकस्मिक वैठकले ती पंक्षीहरु तत्काल नष्ट गर्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालका अनुसार प्रभावित स्थलमा पंक्षीहरु नष्ट गर्नका लागि आरआरटी (रिभ्यु रेस्क्यू टिम) पठाइसकिएको छ ।

बर्डफ्लु पुष्टि भएको कुखुरा फर्म आसपासको क्षेत्रमा स्यानिटाइज गर्ने निर्णय पनि वैठकले गरेको छ।

 

कमेन्ट लोड गर्नुस