सुदूर नेपाललाई विश्वसँग जोड्दै

भाउ डलरको बढ्यो

२०७९ असार ८, १०:४६ खबर संवाददाता

काठमाडौं: पछिल्लो समय डलरको भाउ दिन प्रतिदिन बढ्दै गएको छ। मंगलवार  १ अमेरिकन डलरको १२५ रुपैयाँ शून्य ७ पैसा विक्रीदर रहेकोमा आज बढेर १२५ रुपैयाँ २२ पैसा पुगेको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकन डलरको खरीददर १२४ रुपैयाँ ६२ पैसा र विक्रीदर १२५ रुपैयाँ २२ पैसा रहेको छ। त्यस्तै युरोपियन युरो १ को खरीददर १३१ रुपैयाँ ४५ पैसा र विक्रीदर १३२ रुपैयाँ शून्य ८ पैसा रहेको छ । 

युके पाउँण्ड स्टलिङ १ को खरीददर १५२ रुपैयाँ ८३ पैसा र विक्रीदर १५३ रुपैयाँ शून्य ८ पैसा रहेको छ।   

कमेन्ट लोड गर्नुस