बैतडीमा जीप दुर्घटना
बैतडी: बैतडीमा सोमबार खिउँसो जीप दुर्घटना भएको छ।
पज्युनयाँ बजारबाट गोकुलेश्वरतर्फ गइरहेको से१ज १०८७ नम्बरको जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। घाइते हुनेमा शैल्यसिखर नगरपालिका दार्चुलाका गाडीधनी हरिदत्त जोशी र चालक २५ वर्षीय भुवन विष्ट रहेको प्रहरीले जनाएको छ।
घाइते दुवैजनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।