सुदूर नेपाललाई विश्वसँग जोड्दै

पेट्रोलमा प्रतिलिटर २१ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले मूल्यवृद्धि

२०७९ असार ६, १०:१९ खबर संवाददाता

काठमाडौं: सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ। डिजल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि भएको छ।

बढेको मूल्य गएराति १२ बजेदेखि लागु भएको नेपाल आयल निगमले जनाएको छ। यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ भने एक लिटर डिजल र मट्टीतेलको मूल्य  १९२ रुपैयाँ पुगेको छ। निगमले हवाई इन्धनमा पनि आन्तरिकतर्फ १९ रुपैयाँले बढाएर १ ८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ। हवाई इन्धनको बाह्यतर्फ भने एक सय अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ।
 

कमेन्ट लोड गर्नुस