सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा घरभित्र पस्यो चितुवा, दुईजना घाइते

२०७९ असार ३, ०४:५२ खबर संवाददाता

डोटी: डोटीको दिपायल सिलगढी नगरपालिका वडा ७ उडितोलामा घरभित्र चितुवा पसेको छ। शुक्रबार बिहान साढे १० बजेतिर तल्लो उडितोलास्थित पार्वती विकको घरभित्र चितुवा पसेर दुई जनालाई घाइते बनाएको हो। 
चितुवाको आक्रमणबाट पार्वती विक र उनकी छोरी लक्ष्मी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

घरभित्र रहेका उनीहरूलाई चितुवाले आक्रमण गरेको र उनीहरूको अवस्था सामान्य रहेको र जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको प्रहरीले बताएको छ। यसरी दिउँसै चितुवा गाउँमा पसेपछि स्थानीय त्रसित भएका छन्। 

अहिले जिल्ला प्रहरी कार्यालय डोटी र डिभिजन बन कार्यालय डोटीको टोली र स्थानीयको सहयोगमा चितुवालाई बनतिर पठाइएको छ।
 

कमेन्ट लोड गर्नुस