सुदूर नेपाललाई विश्वसँग जोड्दै

चितवन राष्ट्रिय निकुञ्ज आजदेखि बन्द

२०७९ असार १, ०७:४१ खबर संवाददाता

काठमाडौं: चितवन राष्ट्रिय निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि आजदेखि बन्द गरिने भएको छ। निकुञ्जभित्र गरिने जङ्गल सफारी, जङ्गल वाकलगायत गतिविधि बन्द गरिएको हो।

मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रने, जङ्गलमा भएका स–साना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुन सक्ने भएकाले गतिविधिमा रोक लगाइएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए। अर्को सूचना जारी नभएसम्मका लागि पर्यटकीय गतिविधि बन्द गरिएको उनले बताए। 

कमेन्ट लोड गर्नुस