सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा सर्पले टोक्दा गर्भवतीको मृत्यु 

२०७९ जेठ ३१, ०२:३८ खबर संवाददाता

अछाम: अछाममा सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ।  जिल्लाको पञ्चदेवल विनायक नगरपालिका– ५ लयाँटीमा ३२ वर्षीया गर्भवती रामपुरा शाहीको सोमबार राति मृत्यु भएको हो।

सुतेको अवस्थामा उनलाई सर्पले टोकेको मृतका जेठाजू लालबहादुर शाहीले जानकारी दिए। सर्पले टोकेपछि उनको गाउँमै झारफुक गराएको र बिहान अस्पताल लग्ने तयारी गरिरहेकै अवस्थामा रामपुराको मृत्यु भएको उनले बताए। 

कमेन्ट लोड गर्नुस