कञ्चनपुरको भीमदत्तले थप्यो गर्मी बिदा
२०७९ जेठ ३०, ०२:२४
धनगढीः गर्मी बढेको भन्दै विद्यालयमा ४ दिन बिदा दिएको कञ्चनपुरको भीमदत्त नगरपालिकाले थप बिदा दिने निर्णय गरेको छ। गर्मी कम नभएको भन्दै आज सोमबारदेखि असार २ गतेसम्म बिदा थप गरिएको नगरपालिकाले जनाएको छ।
यसअघि नगरपालिकाले जेठ २४ गतेदेखि २७ गते शुक्रवारसम्म विद्यालयमा बिदा दिने निर्णय गरेको जनाएको थियो।
कमेन्ट लोड गर्नुस