डोटीमा बेपत्ता एक किशोर मृत फेला
२०७९ जेठ २६, ०४:१०
धनगढीः डोटीमा एक किशोर मृत अवस्थामा फेला परेका छन्। जिल्लाको शिखर नगरपालिका-७ बिष्टै गाउँ बस्ने १५ वर्षीय बिक्रम रावल मृत फेला परेका हुन्।
उनी शिखर लेक ताल भन्ने स्थानमा बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ। उनी जेठ ८ गते घरबाट हिँडी बेपत्ता भएकोमा खोजी गर्ने क्रममा मृत फेला परेका थिए।
कमेन्ट लोड गर्नुस