सुदूर नेपाललाई विश्वसँग जोड्दै

६ विश्व कप खेल्ने भारतीय क्रिकेटर मिथालीद्वारा सन्न्यासको घोषणा

२०७९ जेठ २६, ०६:२२ खबर संवाददाता

काठमाण्डौँः भारतीय महिला क्रिकेट टिमकी पूर्वकप्तान मिथाली राजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेकी छिन्।

ट्विटरमा एक विज्ञप्तिमार्फत उनले समर्थकहरूलाई उनीहरूको मायाका लागि धन्यवाद भनेकी छिन्।

२३ वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट करियरमा मिथालीले १२ टेस्ट, दुई सय ३२ एकदिवसीय अन्तर्राष्ट्रिय र ८९ टी–२० अन्तर्राष्ट्रिय खेलेकी छिन्। 

३९ वर्षीया मिथालीले ६ पटक एकदिवसीय विश्व कप खेलेकी छिन्। सन् २००५ को विश्व कपमा मिथालीले पहिलो पटक टिमको नेतृत्व गरेकी थिइन् र भारत उपविजेता बनेको थियो। महिला क्रिकेटमा ’सचिन तेन्दुलकर’ भनेर चिनिने मिथालीको विश्व कप जित्ने सपना भने अधुरै रह्यो। 

मिथालीलाई सन् २००३ मा अर्जुन पुरस्कार र सन् २०१७ मा विजडन लिडिङ वुमन क्रिकेटर इन द वर्ल्ड अवार्ड प्रदान गरिएको थियो। यस्तै उनलाई सन् २०१५ मा पद्म श्री र सन् २०२१ मा खेल रत्न पुरस्कार प्रदान गरिएको थियो। 
 

कमेन्ट लोड गर्नुस