सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई विश्वासको मत

२०७९ जेठ २४, ०८:४७ खबर संवाददाता

काठमाडौँ: बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो पार्टीबाट विश्वासको मत प्राप्त गरेका छन्। उनीविरुद्ध आफ्नै कन्जर्भेटिभ पार्टीका केही सांसदले विश्वासको मत लिनुपर्ने भनी प्रस्ताव दर्ता गराएका थिए।

यस क्रममा जोनसनका लागि विश्वासको मतको पक्षमा २११ जना सांसदले मत दिएका छन् । उनको दलका सांसदहरु ३५९ जनामध्ये २११ जनाले विश्वासको मतको पक्षमा मतदान गरेका हुन्। यससँगै अब उनी एक वर्षका लागि सत्ताधारी कन्जरभेटिभ पार्टीको नेतृत्वमा रहने पक्का देखिएको छ। सोमबारको मतदानमा उनको विपक्षमा १४८ जना सांसदले मत दिएका थिए।

प्रधानमान्त्री जोनसनले विश्वासको मत प्राप्त गरेपछि आफूलाई नतिजा राम्रो लागेको प्रतिक्रिया दिएका छन्। उनले यस्तो नतिजालाई निर्णायक भनेका छन्। साथै उक्त नतिजा आफ्ना लागि धेरै राम्रो भएको पनि उनले बताए। उक्त नतिजासँगै उनी अब प्रधानमन्त्री पदबाट हट्नु नपर्ने भएको छ। आलोचकहरूले भने उनका विरुद्धमा पार्टीभित्रैबाट एक प्रकारको विद्रोह भएको बताएका छन् र यसले आगामी दिनमा उनका अधिकारहरुमा पनि कटौती हुनसक्ने बताएका छन्। -एजेन्सी

कमेन्ट लोड गर्नुस