जिसस दार्चुलाको निर्वाचन यहि जेठ ३० गते
दार्चुला: जिल्ला समन्वय समिति दार्चुलाको निर्वाचन यही जेठ ३० गते हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार निर्वाचित कार्यतालिका सार्वजनिक गरेकामा आज मतदाता नामावली प्रकाशन र २७ गते अन्तिम नामावली प्रकाशन गरिने भएको छ। जेठ २९ गते उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारी फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन र ३० गते निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ।
जिल्लामा समन्वय समितिका पदाधिकारीको निर्वाचनका लागि कुनै एक दलको बहुमत नभएकाले गठबन्धन गर्नुपर्ने बाध्यता छ। नौ वटा स्थानीय तह रहेको दार्चुलामा समन्वय समितिका लागि १८ मतभार छ। जिल्लामा (नेकपा माओवादी केन्द्र)को ४ स्थानीय तह प्रमुख र दुई स्थानीय तह उपप्रमुखसहित छ मतभार छ भने काँग्रेसको चार वटा स्थानीय तह उपप्रमुखसहित ४ मतभार छ।
नेकपा एमालेको ५ स्थानीय तह प्रमुख र तीन स्थानीय तह उपप्रमुखसहित ८ मतभार रहेको छ।